अर्थ

अण्डाको मूल्य बढ्यो



काठमाडौँ, ७ मंसिर । आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढेको छ ।

किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा वृद्धि भएको हो । 

यसअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय २०, ठूलो अण्डा रु पाँच सय पाँच र मिडिएम रु चार सय ९० कायम गरिएको छ ।

सङ्घका अनुसार यसअघिको मूल्यभन्दा  प्रतिक्रेट रु ५५ ले बढेको हो । भारतीय सीमाबाट अवैध रूपमा अण्डा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको  खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको हो ।