काठमाडौँ, ८ मंसिर । आइतबारसम्म सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा रकम रु नौ करोड ३० लाख पुगेको छ।
आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रु एक करोड एक लाख बराबर रकम कोषमा जम्मा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे ।
यसैगरी, एफवान सफ्ट ग्रुप अन्तर्गत एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारीहरूको संयुक्त योगदानको रूपमा रु ७५ लाख बराबरको चेक पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो । सो चेक ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले मङ्सिर ३ गते अर्थमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्