काठमाडौँ, ८ मंसिर । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापाबाट पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेका छन् ।
सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको हो । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए ।
पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।










प्रतिक्रिया दिनुहोस्