Banner News

आजको मौसम



काठमाडौँ, ९ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही स्थानमा आज मौसम बदली रहे पनि अधिकांश भूभागमा सफा रहनेछ । 

आज दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

तय्स्तई आज राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।