समाचार

आज एनपीएलमा लुम्बिनी र काठमाडौँ भिड्दै



काठमाडौँ, ९ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाडौँ गुर्खाज भिड्दैछन् ।

काठमाडौँ करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो ।

यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

तीन खेल खेलिसकेको काठमाडौँ र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक छ । काठमाडौँ पछिल्ला दुई खेलमा लगातार पराजित छ । काठमाडौँले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो ।

यता, लुम्बिनीले पहिलो खेल जितेर दोस्रो खेल गुमाएको हो । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेटको हार चाखेको हो ।