काठमाडौँ, ९ मंसिर । आज सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार २ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४७ हजार ९ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेर ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्