अर्थ

नेप्से झिनो अंकले बढ्यो



काठमाडौँ, ९ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबार रकम एक अर्ब २१ करोड रुपैयाँले घटेको छ । पाँच अर्ब ८२ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । सोमबार सात अर्ब तीन करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

१२२ कम्पनीको सेयर मूल्य बढेको छ । १२५ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँ १० पैसाले बढेर ६०६ रुपैयाँ २० पैसा पुगेको छ ।

बन्दीपुर केबलकार एन्ड टुरिजमको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ । यो कम्पनीको २६ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।