एजेन्सी, १० मंसिर । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको छ ।
मंगलबार सर्वोच्च अदालतले अब थप अपिल नहुने गरी उनलाई २७ वर्ष जेल सजायको फैसला सुनाएको हो।
७० वर्षका बोल्सोनारो २०२२ को चुनाव हार्नुपछि फेरि सत्ता कब्जा गर्ने साजिसमा दोषी ठहरिएका थिए। उनी हाल ब्रासिलियामा रहेको फेडरल प्रहरीको जेलमा छन्।
पूर्वराष्ट्रपतिलाई पूर्णकालीन स्वास्थ्य हेरचाह दिइने छ। अदालतका अनुसार उनले लुला र उनका उपराष्ट्रपति जेराल्डो अल्कमिनको हत्या गर्ने योजना बनाएका थिए।










प्रतिक्रिया दिनुहोस्