राजनीति

एमालेले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा



काठमाडौँ, १० मंसिर । नेकपा (एमाले) ले ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा गर्ने भएको छ ।

बागमती इन्चार्ज राजन भट्टराईका अनुसार महाधिवेशनकाे उद्घाटन समारोह यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । एमालेले ११औं महाधिवेशन यही मङ्सिर २७, २८, २९ गतेका लागि तोकेको छ ।

यसअघि खुलामञ्च वा भृकुटीमण्डपमै उद्घाटन समारोह गर्ने तयारी भएकोमा काठमाडौँमा गाडीको चाप, मानिसहरूको आवतजावत लगायतलाई ध्यानमा राखेर उद्घाटनस्थल परिवर्तन गरेको बताइएको छ ।

आज बसेको महाधिवेशन सचिवालयको बैठकले महाधिवेशन उद्घाटन स्थल परिवर्तन गरेको हो ।