काठमाडौँ, १० मंसिर । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
उनले आउँदो फागुन २१ गतेको चुनावलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउनुलाई पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धता सार्वजनिक गरेका हुन् । दोस्रोमा भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गराउने प्रतिबद्धता छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्दै उहाँले आफ्नो कार्यकालमा देशको गौरव र प्रतिष्ठा वृद्धि एवम् नागरिक सन्तुष्टि अभिवृद्धि नै सर्वोपरि लक्ष्य हुने बताए ।










प्रतिक्रिया दिनुहोस्