काठमाडौँ, ११ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको राजनीति अहिले राष्ट्रिय झण्डा ओढेर विदेशी शक्तिको भर पर्न चाहनेहरू’ र ‘राष्ट्रिय झण्डा बोकेर देश निर्माणमा समर्पित हुनेहरू बीचको द्वन्द्वमा फसेको टिप्पणी गर्नुभएको छ।
महासचिव पोखरेलले देशको राजनीतिक दिशा बाह्य शक्तिको प्रभावमा झुक्न खोजेको दाबी गर्दै राष्ट्रिय हित र स्वाभिमानको प्रश्नमा स्पष्ट विभाजन देखिन थालेको बताउनुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ, ‘नेपालको राजनीति राष्ट्रिय झण्डा ओढेर विदेशीको गुलामी गर्नेहरू र राष्ट्रिय झण्डा बोकेर देश बनाउनेहरू बीचको द्वन्द्वमा अल्झिएको छ ।’
महासचिव पोखरेलले नेपाललाई आत्मनिर्भर आर्थिक संरचनातर्फ डोर्याउन तथा राजनीतिक स्थायित्व कायम गर्न राजनीतिक दलहरू बिच राष्ट्रिय एजेन्डामा सहमति हुनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।










प्रतिक्रिया दिनुहोस्