काठमाडौँ, ११ मंसिर । काठमाडौँमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौँ–२७ कान्तिपथमा बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटरचालक ओखलढुंगा लिखु गाउँपालिका–९ का ३४ वर्षी य सन्तोष खड्का गम्भीर घाइते भएका थिए ।
उनको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
साथै, सोही दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा र एकको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्