काठमाडौँ, १२ मंसिर । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा पशुपतिनगरबाट हेटाैँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्