अर्थ

लसुनको मूल्य बढ्यो  



काठमाडौँ, १२ मंसिर । बजारमा लसुनको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सुकेको लसुनको मूल्य बढेको हो ।

आज सुकेको नेपाली लसुनको मूल्य थोकमा प्रतिकिलो औसत ५० रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रतिकिलो १ सय १५ रुपैयाँमा किनबेच भएको लसुन आज भने १ सय सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी कालीमाटीमा सुकेको चिनियाँ लसुनको भाउ भने स्थिर छ । उक्त लसुन प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।