राजनीति

नेपाली कम्युनिस्ट पार्टी जनताको ताजा जनादेश लिन तयार छ : भीम रावल



काठमाडौँ, १२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आउने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी जनताको ताजा जनादेश लिन तयार रहेको बताएका छन् ।

 आज सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा रावलले अब सुदूरपश्चिमका जनता राष्ट्रिय स्वाधिनताको झण्डा बोकेर उत्रने बताए ।

उनले भने ‘आउने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी जनताको ताजा जनादेश लिन तयार छ । विगतका कुनै पनि गल्ती त्रुटिलाई दोहोरिन नदिइ निर्वाचन सम्पन्न गराउन तयार छ,’ ।

साथै उनले सुदूरपश्चिमबाटै नेकपा एक नम्बर दल बन्ने दाबी समेत गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभइ पतन ०८४ आउँछ भनेर आफूले भनेको बताएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभइ पतन ०८४ आउँछ भनेर आफूले भनेको बताए । रावलले भने, ‘मैले त्यही बेलामा भनेको थिएँ, मिसन ०८४ होइन पतन ०८४ आउँदैछ भनेको थिएँ,’ ।

उनले जेनजी आन्दोलनमा जलेका संरचनाको खरानी धसेर ओलीले जनतालाई तर्साउन थालेको आरोप समेत लगाए ।