ताप्लेजुङ, १३ मंसिर । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखुमा भञ्ज्याङ बजारमा आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
शुक्रवार दिउँसो करिब ४:३० बजे स्थानीय ३५ वर्षीय डेनी तामाङको घरमा आगलागी भएको थियो। विद्युत् सर्ट भएर घरको सिरान तलाबाट लागेको आगोले ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।
आगो साँझ ६:४० बजे नियन्त्रणमा लिन स्थानीय सफल भएका हुन् । भन्ज्याङ बजारमा जम्मा भएका मानिसहरू, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी, राष्ट्रपति शिल्डमा भेला भएका विद्यार्थी र शिक्षक तथा प्रहरी टोली परिचालित भएपछि अर्को घरमा सर्न नदिई आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्