राजनीति

एमालेमा केपी ओलीको विकल्प छैन : पद्‌मा अर्याल



काठमाडौँ, १३ मंसिर । नेकपा (एमाले) का सचिव एवम् ११ औँ महाधिवेशन प्रचार समितिका संयोजक पद्‌मा अर्यालले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएकी छन् ।

आज ११ औँ महाधिवेशन प्रचार समितिको पार्टी कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले उनले भनिन्, ‘यो विषम परिस्थितिबाट पार्टीलाई जोगाउन फेरि पनि उहाँको विकल्प छैन । यो अहिलेको आवश्यकता हो । अहिले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो ।’

पछिल्लो समय महाधिवेशन नजिकिँदै गर्दा पार्टीको नेतृत्वको विषयमा बहस भइरहँदा ओलीको विकल्प ओली नै रहेको अर्यालले प्रस्ट पारिन् । उनले पार्टीको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः अनुमोदित गर्ने समेत उल्लेख गरिन् ।