राजनीति

दाङबाट एमाले महाधिवेशनका लागि २३ प्रतिनिधि सर्वसम्मत



काठमाडौँ, १३ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि दाङबाट सर्वसम्मत २३ जना प्रतिनिधि चयन भएका छन् ।

खुलातर्फत १३, महिलातर्फ ७ र दलिततर्फ ३ जना गरी २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

खुलातर्फ शिवकुमार आचार्य, सुदन केसी, देवबहादुर बस्नेत, भुवन चौधरी, भानसिं बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी, मनोहर बुढाथोकी, आशिष योगी, राममणि पाण्डे, कुलबहादुर केसी र घनश्याम चौधरी छनोट भएका छन् ।

महिला तर्फ भने सीता चौधरी (क्षेत्र नम्बर १), लक्ष्मी शर्मा, पुष्पा लामिछाने भट्टराई, सीता चौधरी (क्षेत्र नम्बर २), रत्न तिवारी श्रेष्ठ, तुलसी डाँगी पोखरेल र रेखा केसी देवकोटा रहेका छन् ।

दलिततर्फ भने मानबहादुर विक, निर्मला विक र टंक बहादर विक रहेका छन् ।