काठमाडौँ, १३ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले उत्पादन मुखी कार्यमा नजोडिए भ्रष्टचार मौलाउने बताएका छन् ।
आज दाङको लमहीमा आयोजित लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले नेता कार्यकर्ता श्रममा जोडिनु पर्नेमा जोड दिए ।
उनले कहाँबाट पैसा ल्याएर पार्टी चलाउने हो भन्दै प्रश्न गरेका थिए।
उनले भने, ‘हामीले आफै मेहेनत गरेको पैसाले पार्टी चलाएनौं भने हामी भ्रष्टचार गर्छौं,’ ‘के विदेशीसँग माग्ने? त्यसो हुँदैन। आफै मेहेनत गर्ने र संगठित सदस्यबाट उठेको पैसाले पार्टी चलाउने हो।’
कार्यकर्ताको भीड मात्रै जम्मा गरेर नहुने भन्दै उनले कार्यकर्तालाई संगठित गरी उत्पादनमा जोड्न जरूरी रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्