काठमाडौँ, १३ मंसिर । चार महिनामा एक सय ७ देशका नागरिकले मनाङ भ्रमण गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार दुई सय ९६ पर्यटकले हिमाली जिल्ला मनाङ भ्रमण गरेका हुन् ।
मनाङ आएका पर्यटकमध्ये सार्क देशका ८ सय १२ पुरुष र १ सय ७७ महिला तथा अन्य देशका पर्यटकमध्ये नौ हजार ६ सय ९५ पुरुष र ६ हजार ६ सय १ महिला हुन् ।
इजरायलका एक हजार ९ सय १०, फ्रान्सका एक हजार ३ सय ९२ र जर्मनीका एक हजार २ सय ८ नागरिकले मनाङ भ्रमण गरेको कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्