समाचार

बुद्ध एयरको विमानमा चरा ठोक्कियो



काठमाडौँ, १३ मंसिर । पोखरामा अवतरणका क्रममा बुद्ध एयरको एउटा विमानमा आज चरासँग ठोक्किएको छ ।

काठमाडौँबाट पोखरा उडान भरेको बुद्धको ९एन–एओसी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो ।

चरा ठोक्किए पनि यात्रु र चालक दल सुरक्षित रूपमा अवतरण भएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरका अनुसार, विमानको प्राविधिक परीक्षण जारी छ । दुई हप्ताअगाडि पनि पोखरामा बुद्धकै विमानमा चरा ठोक्किएको थियो ।