काठमाडौँ, १४ मंसिर । स्याउ र सुन्तलाको मूल्य घटेको छ । का
लीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दुई फलफूलको मूल्य घटेको हो ।
आज आइतबार फुजी स्याउ प्रतिकिलो थोक मूल्य औसत १५ रुपैयाँ घटेको छ । हिजो शनिबार फुजी स्याउ प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भएको थियो । आज प्रतिकिलो मूल्य २ सय ८५ रुपैयाँ कायम छ ।
यस्तै आइतबार सुन्तलाको मूल्य पनि प्रतिकिलो थोकमा औसत १० रुपैयाँ घटेको छ । हिजो शनिबार प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भएको सुन्तला आज आइतबार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्