समाचार

रोकिराखेको बस पल्टिदा १८ जना घाइते



काठमाडौँ, १४ मंसिर । गोरखामा रोकिराखेको बस पल्टिएर दुर्घटना हुदा १८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ना.४ ख १४१९ नम्बरको बस सडकबाट करिब ५ मिटर तल खसेको हो ।

दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । घाइते भएका दुई जनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको छ । अन्य घाइतेहरूको गोरखा अस्पतालमा उपचार हुँदैछ ।

घाइतेहरूको अवस्था मध्यम र सामान्य छ । आँबुखैरेनी–गोरखा सडक खण्डको १२ किलोमा बस दुर्घटना भएको हो ।