समाचार

बेवारिसे अवस्थामा ५८ राउण्ड गोली फेला



काठमाडौँ, १५ मंसिर । झापाको दमकमा बेवारिसे अवस्थामा गोली फेला परेको छ ।  

दमक नगरपालिका–७ स्थित पशुहाट बजार क्षेत्रमा सोमबार सेतो प्लास्टिकको पोकाभित्र गोली देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कुल ५८ राउण्ड गोली बरामद गरेको जनाएको छ । 

 यी गोलीहरू जेनजी आन्दोलनको समयमा लुटिएको प्रहरीको भनाइ छ । बरामद गरिएका ५८ राउण्ड गोली आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।