राजनीति

सबै नेपाली जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ : संयोजक प्रचण्ड



विराटनगर, १५ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने भन्दै ३ करोड नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालसँग ठुला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउने सामर्थ्य नभएको, तर जनताको तागत भने रहेको बताए ।

 प्रचण्डले भने, ‘हाम्रो सेनाले सायद चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र पुग्दो रहेनछ । अहिले तत्काल ठुला शक्तिसँग लड्न मिसाइल बनाउन सक्ने तागत हामीसँग छैन । तर, ३ करोड नेपाली जनताको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ । यदि त्यस्तो भयो भने दुनियाँको कुनै पनि शक्तिले नेपाललाई हराउन सक्दैन ।’