समाचार

जर्मन पर्यटक मृत फेला



म्याग्दी, १५ मंसिर । अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी जर्मन पर्यटकको शव फेला परेको छ ।

यही मंसिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव सोमबार दिउँसो फेला परेको हो । अन्नपूर्ण गाउँपालिका–५ स्थित बंकरको भिरभन्दा करिब १६० मिटर तल निगालोको झाडीभित्र उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शव परीक्षणका लागि काठमाडौं पठाइने र आवश्यक अनुसन्धान पनि सुरु गरिएको छ । प्रहरीले उनी भीरबाट खसेको हुन सक्ने अनुमान गरेको छ ।