विराटनगर, १६ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहनाअनुसार काम गर्न प्रदेश सरकार प्रतिबद्धरहेको बताएका छन् ।
साेमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कबर्डहलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सकेसम्म जनभावनाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका हुन् । मुख्यमन्त्री कार्कीले पहिला पहिला भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा होस् वा अन्य क्षेत्रमा होस् राज्यले कनिका छरेजस्तो गरी बजेट विनियोजन गर्ने क्रमको अन्त्य गर्दै अब कोशी प्रदेश सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दै जनचाहना र जनभावनाको सम्बोधन हुनेगरी काम गर्ने बताए ।
थोरै बजेटले धेरै काम गर्ने बाध्यताले गर्दा कोशी प्रदेशभित्र धेरै योजना अलपत्र परेकाले यसलाई अबको दिनमा सच्याउँदै अघि बढ्ने उनले बताए । उनले दिन प्रतिदिन जनताको आवश्यकता, बाटोघाटोको माग बढ्दै गएको बेला देशको अर्थतन्त्र नै शिथिल भएर राज्यमा बजेटको आकार घट्दो क्रममा रहेकाले गर्दा समयमा जनताका माग पूरा नभएकोमा आफूहरु गम्भीर रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्