काठमाडौँ, १६ मंसिर । नीर शाह स्टारर फिल्म ‘परान’ ले १६ करोडभन्दा धेरै कमाइ गरेको छ ।
फिल्मले प्रदर्शनको ३० दिन (१३ मंसिरसम्म) १६ करोडभन्दा धेरै कमाइ गरेको हो ।
सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबारसम्म फिल्मको ग्रस कमाई १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस छ । फिल्मले ५ लाख ६९ हजार ७५४ टिकट बेचेको छ ।
योसँगै फिल्म ‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वकालिन छैटौं धेरै कमाउने फिल्म बनेको छ । फिल्मले पछिल्लो सप्ताहन्तमा ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को लाइफटाइम कलेक्सनलाई पनि उछिनेको छ ।
‘छक्कापञ्जा १’ को कूल कमाई १६ करोड १० लाख २२ हजार ३५० नेरु ग्रस थियो । ‘महाजात्रा’ को कूल कमाई १५ करोड ६७ लाख ९९ हजार ६१४ नेरु ग्रस थियो ।










प्रतिक्रिया दिनुहोस्