समाचार

श्रीमतीको चक्कु प्रहारबाट श्रीमान् घाइते



काठमाडौँ, १७ मंसिर । श्रीमतीको चक्कु प्रहारबाट श्रीमान् घाइते बनेका छन् । 

इलाका प्रहरी कार्यालय बुटवलका आज बिहान पौने ४ बजे ३८ वर्षीया पवित्रा गुरुङले ३० वर्षीय  श्रीमान् सुरज गुरुङमाथि प्रहार गरेकी हुन् ।

बुटवल उपमहानपालिका–११ नहरपुरमा घरायसी विवादमा श्रीमतीले चक्कु प्रहार गरी घाइते बनाएको हो ।

सुरजको टाउको र घाँटीमा चोट लागेको छ । उनलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ । 

घाइते सुरजको अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिए । प्रहरीले महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।