समाचार

धोबीखोलामा एक व्यक्ति मृत फेला



काठमाडौँ, १८ मंसिर । काठमाडौँको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।

प्रहरीका अनुसार मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् ।

मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।