अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १८ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर ३ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।