काठमाडौँ, २० मंसिर । आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल ।
मेष : दिन राम्रो छ । शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । राज्यका तर्फबाट त्रास हुनेछ ।
वृष : हरेक क्षेत्रमा सफलता प्राप्त हुने दिन छ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा राम्रो वातावरण भएकाले मन खुशी हुनेछ । बिहान धार्मिक कार्यमा सक्रिय भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।
मिथुन : मिष्ठान्न भोजन मिल्ने छ । रमाइलो यात्रा हुने योग छ । खर्च बढ्नेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हाेला । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।
कर्कट : स्वदेशमा रोजगारीका विकल्प भेटिनेछन् । ठुला उद्योगको सुरुवात गर्नुभन्दा भएको सम्पत्तिको सुरक्षा गर्नु राम्रो हुनेछ । तपाईंको काममा परिवारबाट विरोध हुनेछ । परिवारमा संकट भए पनि स्वास्थ्यले साथ दिनेछ।
सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ । आफन्तले भन्दा अपरिचित व्यक्तिले सहयोग गर्नेछन् । आफ्नो बोलीले आफैंलाई पश्चाताप हुनेछ । दाम्पत्य जीवन सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
कन्या : दिन राम्रो छ । मन खुशी हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ । परिवारको साथ मिल्नेछ ।
तुला : स्वास्थ्यमा समस्या हुनसक्छ । बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढेमा काम सहजै बन्नेछ । परिवारले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन् ।
वृश्चिक : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । आर्थिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । न्यायको लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।
धनु : बोलीको प्रभावले काम बन्नेछ । मनमा भएका कुरा भन्नु राम्रो हुनेछ । रोगबाट मुक्त हुने योग छ । स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको उपचार हुनेछ । साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।
मकर : सञ्चित धन खर्च हुनेछ । सोचेका काममा बाधा र अड्चन हुनेछ । शरीरमा आलश्यता बढ्नेछ । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । हरेक काममा परिवारको साथ मिल्नेछ ।
कुम्भ : दिन रमाइलो छ । राज्यको तर्फबाट राहत मिल्नेछ । माथिल्लो निकायबाट प्राप्त हुने सहयोगले मन शान्त हुनेछ । पारिवारिक मिलन हुने दिन छ ।
मीन : विरोध गर्नेहरु बढ्नेछन् । खानपानमा समस्या हुनसक्छ । साथीभाइसँगको सहकार्यमा घाटा हुनेछ । बिहान उठेर सूर्यलाई अर्घ दिएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन् ।










प्रतिक्रिया दिनुहोस्