काठमाडौँ, २६ मंसिर । नेकपा (एमाले)को ११औं महाधिवेशनमा जगदिश प्रसाद कुसियैतले केन्द्रीय सचिवमा दावी गर्नुभएको छ ।
पोलिटव्युरो तथा एमाले सुनसरी जिल्ला रहनुभएका नेता कुसियैतले आफ्नो योग्यता, क्षमता तथा लगनशिलताको आधारमा सचिव दावी गरेको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘२०५६ सालमा संघीय सांसद, २०७४ सालमा कोशी प्रदेश सांसद तथा स्वास्थ्य मन्त्री समेत भई देश, जनता र पार्टीको लागि अतुलनीय योगदान गरेको छु । तसर्थः अझ बढी जिम्मेवारी पुरा गरी एमालेको साख बढाउन मात्र नभई हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीले लिनुभएको समृद्ध नेपाल ः सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन एमाले केन्द्रीय सचिवमा मेरो उम्मेद्वारी रहेको छ । सवै प्रतिनिधिहरुबाट आशा, विश्वास र भरोषा लिएको छु । प्रतिनिधि तथा पार्टी र जनताको मतको प्रतिनिधिमात्र नभई मनको प्रतिनिधिको रुपमा कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।’
भक्तपुरको सल्लाघारीमा भोली देखी शुरु हुने ११औं महाधिवेशनमा नेता कुसियैतलाई सचिव पदको लागि अध्यक्ष केपी ओलीले समेत ग्रीन सिग्नल दिएको स्रोतको दावी रहेको छ । कुसियैतले सांसद, मन्त्री तथा पार्टीको जिल्ला इन्चार्ज भएको समयमा पार्टी तथा संगठन विस्तारलाई व्यापकता दिई संकटको घडिमा पार्टीलाई औषधीको रुपमा कार्य सम्पादन गरेको सुनसरीका एमाले कार्यकर्ताहरुको बुझाई रहेको छ । स्पष्ट विचार, सिद्धान्त तथा दृष्टिकोणमा उहाँले खेल्नुभएको भूमिका अतुलनीय रहेको भन्दै पार्टीले उहाँको योग्यता, क्षमता तथा दक्षतालाई उचित मूल्याङ्कन गर्ने कार्यकर्ताको विश्वास रहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्