राजनीति

देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्छ: मन्त्री घिसिङ



रौतहट, २६ मंसिर । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन् । उनले देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको अवस्थामा आउँदो निर्वाचनमा देशलाई माया गर्ने र देशप्रति समर्पित नेतृत्व छान्नसमेत आग्रह गरे ।

रौतहटको चन्द्रपुर–८ मर्धरमा शुक्रबार ‘जन्मदिनलाई सतकर्ममा जोडौँ’ अभियान अन्तर्गत आयोजित वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिसिङले देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने बताएका हुन् ।

मन्त्री घिसिङले भने, “तीन महिनाभित्र सक्ने किसिमको काम हामी गरेर देखाउँछौँ, तर तीन महिनापछि पनि धेरै काम गर्नुपर्ने हुँदा सही नेतृत्व छान्ने काम जनताको हो ।”