काठमाडौँ, २७ मंसिर । आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
त्यस्तै आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्