समाचार

अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, २७ मंसिर । रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ज्यान गुमाउनेमा अटो रिक्सा चालक सुनिलस्मृति–३ का ५४ वर्षीय रेगबहादुर बिष्ट रहेको छ ।

रा १ ह ३३५८ नम्बरको अटो सुनिलस्मृति गाउँपालिका–३ रोहवाङ ग्रामीण कच्ची सडक खण्डको साउनेखोलामा दुर्घटना भएको हो । अटो रिक्सामा चालकबाहेक अरु नरहेको प्रहरीले जनाएको छ ।