काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो रहेको बताएका छन् ।
प्रजातन्त्र सेनानी संघका पदाधिकारी एवम् सदस्यसँग शनिबार काठमाडौँमा भएको छलफलमा उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पुर्याएको योगदान उच्च रहेको र त्यसको सधैँ कदर हुने उल्लेख गरे । पार्टीभित्र वरिष्ठ नेता र युवा पुस्ताको मिलनविन्दु आफू भएको उनको भनाइ छ ।
उनले भने, “मैले कोरोना महामारीको समयदेखि नै युवाका लागि केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको थिएँ, त्यसको सुनुवाइ भएन । सयौँ योद्धा र युवाको रगत पसिनाले निर्माण भएको पार्टीमा सैद्धान्तिक विचलन आएको छ । अब त्यसको समीक्षा गर्दै पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनःनिर्माण जरुरी छ ।”










प्रतिक्रिया दिनुहोस्