अर्थ

प्याजको मूल्य बढ्यो



काठमाडौँ, २८ मंसिर । बजारमा सुकेको प्याजको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको मूल्य बढेको हो ।

आज आइतबार प्याजको मूल्य प्रतिकिलो औसत ४ रुपैयाँ बढेको छ । हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि अधिकतम ४० र औसत ३८ रुपैयाँमा किनबेच भएको थियो ।

आज आइतबार भने प्याजको मूल्य प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४५ र औसत ४२ रुपैयाँ कायम छ ।