समाचार

६ जना जुवाडे पक्राउ



काठमाडौँ, २८ मंसिर । काठमाडौँ महानगरपालिका–१५ डल्लुबाट जुवातास खेलेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दाबन नरपालिका–६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका–४ घर भएका २१ वर्षीय इमरोज खान समेत ६ जनालाई शनिबार राति पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।