काठमाडौँ, २८ मंसिर । हिमाली जिल्ला मनाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज दिउँसो १२.५४ बजे धक्का मापन गरिएको हो । आज मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, यही मंसिर २३ गते दार्चुलाको कालापानी आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।










प्रतिक्रिया दिनुहोस्