Banner News

आजको मौसम



काठमाडौँ, २९ मंसिर । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही प्रदेशमा आंशिक बदली भए पनि आज देशभर मुख्यतया मौसम सफा रहनेछ । 

आज दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यसैबीच, बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो बढेर अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । 

त्यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।