राजनीति

राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाद्वारा राजीनामा



काठमाडौँ, १ पौष । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

नियुक्ति पाएको तीन वर्ष हुनै लाग्दा उनले राजीनामा दिएका हुन् ।

गएको मंसिर १२ गते नै दिएको राजीनामा त्यसै दिन स्वीकृत भएको थापाले जानकारी दिए । त्यसयता आफ्नो जिम्मामा रहेका सामग्री तथा जिम्मेवारी हस्तान्तरणका निम्ति मात्र शीतलनिवास गइरहेको उनले बताए ।

उनले तत्काल राजीनामा दिनुको कारण भने राष्ट्रियसभामा जाने आकांक्षा हो ।