काठमाडौँ, १ पौष । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएको बताएका छन् ।
आज काठमाडौँमा डिजिटल राइट्स कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय भएको बताए ।
यो मानव अधिकारसँग जोडिएको विषय भएको पनि उनको भनाइ छ । सामाजिक सञ्जाल वा इन्टरननेट अक्सिजन जस्तै भएको बताउँदै नेता पौडेलले इन्टरनेको पूर्ण व्यवस्थापन भने गर्न नसकिएको बताए ।
सामाजिक सञ्जालको निषेध लोकतन्त्रको पक्ष नभएको बताउँदै डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली कांग्रेसको आदर्श, मूल्यमान्यतासँग जोडिएको विषय भएको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्