काठमाडौँ, १ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले यही पुस ८ गतेदेखि ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने जानकारी दिए । सबै श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित निर्णयमा सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर यो प्रणाली शुरू गर्न लागिएको उनले बताए ।
सचिव पुष्करका अनुसार देशभरका ७५३ पालिकामा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो ।










प्रतिक्रिया दिनुहोस्