राजनीति

विद्यार्थीको कपाल जथाभाबी मुण्डन नगर्न काठमाडौँ महानगरको निर्देशन



काठमाडौँ, ३ पौष । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका विद्यालयहरूलाई विद्यार्थीको कपाल लामो भएको निहुँमा जथाभाबी मुण्डन  नगर्न निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले बुधबार एक परिपत्र जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई विद्यार्थीलाई मानसिक यातना हुने गरी कुनै पनि व्यवहार नगर्न सचेत गराएको हो । महानगरले कानुनमा भएको उक्त व्यवस्थालाई उद्धृत गर्दै विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी मात्र आचारसंहिता पालना गराउन विद्यालयहरूलाई अनुरोध गरेको छ।