काठमाडौँ, ३ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनपछि सरकारले पाएको तीनवटा म्यान्डेटअनुसार कामहरू भइरहेको बताउँदै भ्रष्टाचार नियन्त्रण, सुशासन र निर्वाचनका काम भइरहेको बताएका छन् ।
बिहीवार काठमाडौँमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतका दिनहरूमा प्रभाव र दबाबका कारण मुद्दाहरू अगाडि बढ्न नसक्ने अवस्था भएको बताउँदै अहिले राज्यका निकायलाई स्वतन्त्र रूपमा काम गर्न सरकारको तर्फबाट वातावरण बनाएको बताए। उनले सरकारअन्तर्गतका निकायलाई स्वतन्त्रता दिएको बताउँदै भ्रष्टाचार नियन्त्रणसम्बन्धी मुद्दाहरू अहिले मज्जाले अगाडि बढिरहेको पनि बताए ।
उनले भने, ‘तीन महिनाको अवधिमा ३० वटा भन्दा बढी भ्रष्टाचारका मुद्दा अहिले अदालत पुगेका छन् र कारबाही अगाडि बढेको छ ।’










प्रतिक्रिया दिनुहोस्