समाचार

ब्राउन सुगरसहित दुई जना पक्राउ



सिराहा, ५ पौष । सिराहाबाट प्रहरीले ब्राउन सुगरसहित २ जना युवकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले शुक्रबार अपराह्न धनगढी माई नपा ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम लागु पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरीले कसहा–वसन्तपुर भित्री सडक अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली कमलामाई नगरपालिका ६ रातामाटाका ३४ वर्षीय सुशील अधिकारीलाई पक्राउ गरेको हो । 

अस्थायी प्रहरी पोस्ट कसहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले शङ्का लागि ज.१ ह ३९३० नम्बरको अटोमा सवार उनीहरूलाई जाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।