राजनीति

जेनजीको रगत खेर जान दिन्नँ : रवि लामिछाने



चितवन, ५ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विषय लिएर अहिले पनि आफू बाँचिरहेको टिप्पणी गरेका छन् ।

आज चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले आफूमाथि अन्याय भएको दोहोर्‍याए ।

उनले भने, ‘आज पर्यन्त अन्यायका विरुद्धमा चितवनबासीले अझै पनि अन्यायका विरुद्ध यहीँबाट उठ्न, यो गुन तपाईंहरूले मलाई मात्रै होइन देशका लागि लगाउनुभएको छ । देशलाई तिर्ने तपाईंहरूको गुन संवाहक बनेर देशलाई तिर्नेछु,’ ‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ । म यो विषय लिएर पनि लड्छु । जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ ।’