काठमाडौँ, ६ पौष । महिलाहरुको शसक्तीकरणको लागि पातञ्जल योग समिति नेपालले देशभरका जिल्लाहरुमा जिल्ला स्तरीय महिला सम्मेलन सम्पन्न गरेको छ ।
दोस्रो विश्व ध्यान दिवसको अवसर पार्दै हरेक जिल्लाको महिला विभागको समन्वय र सहकार्यमा महत्वपूर्ण विषयमा छलफल एवं निर्णय गर्दै सो सम्मेलन सम्पन्न गरिएको पातञ्जल योग समिति नेपालका केन्द्रीय महिला उपाध्यक्ष श्रृजनामल्ल ठकुरीले अवगत गराईन ।
यस सम्मेलनले संस्थाको उद्देश्य र लक्ष्यमा केन्द्रित भई आगामी ३ वर्षको आवधिक कार्ययोजनाहरु बनाएको र त्यसलाई कार्यान्वयनमा लैजान स्पष्ट प्रतिवद्धता र घोषणा पत्र तयार समेत यस सम्मेलनबाट गरिएको केन्द्रीय महिला विभागका अध्यक्ष सुशिला श्रेष्ठले जानकारी दिईन् ।
त्यसैगरि पातञ्जल योग समिति नेपालले आगामी २०८२ पौष ११ र १२ गते सबै प्रदेशमा एकैपटक प्रदेश स्तरीय र राष्ट्रिय योग दिवस माघ १ को अवसरमा माघ ३ गते दोस्रो राष्ट्रिय महिला सम्मेलन गर्ने तयारीमा समेत रहेको पातञ्जल योग समिति नेपालका महासचिव एवं केन्द्रीय संगठन विभाग अध्यक्ष नबराज काफ्लेले जानकारी गराए ।
पातञ्जल योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदीले परिवारलाई शिक्षित र स्वस्थ बनाउने देखि समाज र राष्ट्रलाई नै शिक्षित र स्वस्थ बनाउने प्रमुख अविभारा बोकेका महिलाहरु स्वयंमा शिक्षित, स्वस्थ, जागरुक र शशक्त हुन नसके राष्ट्र, स्वस्थ र संवृद्ध हुन नसक्ने औल्याउदैं अध्यक्ष सुवेदीले यस सम्मेलनले त्यस दिशातर्फ केन्द्रित बनी कार्ययोजना निर्माण गरेकोमा महिला विभाग टिमलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।
पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले नियमित योगसाधनामा महिलाहरुको संख्या ८० प्रतिशत भन्दा बढी रहेको उल्लेख गर्दै खानपान, आहार विहार, भान्छा सुधारलगायत पारीवारिक स्वास्थ्यमा महिलाहरुकै प्रमुख भूमिका हुने हुँदा संरक्षक सुवालले ति कुराहरुलाई योगमा जोड्न सकिए मात्र पूर्णता हुने र यसको लागि महिला लक्षित योगका आयामहरु जोड्न यो सम्मेलन जरुरी रहेको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्