काभ्रेपलाञ्चोक, ६ पौष । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पाँचखालमा निशुल्क स्वास्थ्य शिविर तथा मनोसामाजिक मनोपरामर्श शिविर सम्पन्न भएको छ ।
पुस्तान्तरण नेपालको आयोजनामा पाँचखाल नगरपालीका र आर्थिक विकास मित्र ऋण सहकारी संस्थासंगको समन्वयमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित नगरपालिकाको कार्यालय पाँचखालमा शनिवार निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा ७५ वर्ष भन्दामाथिका एकसय जना भन्दा धेरै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, मनोसामाजिक मनोपरामर्श र औषधी लिएर लाभ लिनुभयो । स्वास्थ्य जाँचका क्रममा धेरै जना जेष्ठ नागरिकमा उच्च रक्तचापजस्ता रोगहरु रहेको चिकित्सकहरुले बताउनुभयो । शिविरमा डा संकल्प केसी, डा अनिल पोखरेललगायतले स्वास्थ्य जाँच तथा परामर्श दिुनभएको थियो ।










प्रतिक्रिया दिनुहोस्